बोहरा मेडिको सेन्टर

कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी

dream cafe
learnar

कैलाली: कैलालीको धनगढीमा कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन्। १२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी  गरिएको हो।

CNA

यसैबीच,  कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले निषेधाज्ञा जारी गरेका हुन्।

GBL NEW

‘प्रदर्शनकारीको आगजनी, ढुङ्गामुढा तथा तोडफोड बढाएको अवस्थालाई मध्यनजर गरी सर्वसाधारणको जिउधनको सुरक्षा गरी शान्ति सुरक्षा कायम गर्न, सहिष्णुता, सद्भाव कायम राख्न आवश्यक देखिएकोले मिति २४ गते बिहान ११ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम कञ्चनपुर जिल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ। सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको तीन किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँ–बायाँ तीन किलोमिटर क्षेत्र, बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

कञ्चनपुरका विभिन्न ठाउँमा जेन–जी पुस्ताको आन्दोलन जारी छ। सरकारी दमनको विरोधमा आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गरेका छन्।

जिल्ला प्रशासन कार्याल र अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा युवाहरुले ढुंगामुढा गर्दै तोडफोड गरेका छन्। यस्तै उनीहरूले नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.