
डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ८ बजे से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टका अनुसार ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको जीप सडकबाट करिब दुईसय पचास मिटर तल खस्दा घटनास्थलमै चार जनाको मृत्यु भएको हो।
दुर्घटनामा चार जना घाइते भएको पनि उनले जानकारी दिए। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।



