ठगी धन्दामा संलग्न डडेल्धुराका नाथ पक्राउ

dream cafe
learnar

डडेल्धुरा : ठगी गरेको आरोपमा डडेल्धुराका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ रहेका छन्।

Bohora madico

उनले दुई जनाबाट क्यानडा पठाइदिन्छु भनी १७ लाख रुपैयाँ उठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

HARDIK AGRo NEw

नाथले लामो समयसम्म पीडितहरूलाई विदेश लैजाने आश्वासन दिँदै ढिलाइ मात्र गर्दै आएका थिए।

तर अन्ततः सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा गुहार गरेका थिए।

त्यसपछि प्रहरी टोलीले उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

हाल सुरेशलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.