जनजाति एकता समाज डडेल्धुराले मनायो तीज विशेष कार्यक्रम

dream cafe
learnar

डडेल्धुरा : जनजाति एकता समाज डडेल्धुराले हरितालिका तीज २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ।

अमरगढी नगरपालिका–२ मौरडामा आयोजित कार्यक्रम वडा नम्बर २, सामाजिक अभियन्ता विनय प्रकाश मल्ल र जेसीज डडेल्धुराको सहयोगमा सम्पन्न भएको हो।

Amargadhi Education

समाजका अध्यक्ष खडकबहादुर थापाले हराउँदै गएको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको बताए।

अजयमेरु फाैजी केरा

उनका अनुसार कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुत समेत गरिएको थियो।

कार्यक्रमको उद्घाटन अमरगढी नगरपालिका–२ का वडाध्यक्ष हेमराज पन्तले गरेका थिए।

उनले तीजजस्ता चाडपर्वले सामाजिक एकता, सांस्कृतिक सम्पदा र सामूहिक भावनालाई मजबुत बनाउने भन्दै यस्तो गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे।

उनले वडाबाट आफूले यस्तो कार्यक्रम गर्न सहयोग गरिरहेकाे बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.