रास्वपाको सहकोषाध्यक्षबाट हटाइए दीपक बोहरा

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाएको छ।

रास्वपाले विधान संशोधन गरेर सहकोषाध्यक्ष एक जना मात्रै रहने व्यवस्था गरेपछि बोहोराको नाम उक्त पदबाट हटाइएको हो।

Amargadhi Education

निर्वाचन आयोगले बुधबार अद्यावधिक गरेको विवरणअनुसार, रास्वपाले केन्द्रीय कार्यसमितिको विवरणबाट सुमना श्रेष्ठलाई पनि सहमहामन्त्रीबाट हटाएको छ।

सुमनाले २०८१ चैत १८ मा पदाधिकारीमा नबस्ने भन्दै राजीनामा बुझाएकी थिइन्।

अजयमेरु फाैजी केरा

उनीहरू केन्द्रीय सदस्यमा भने यथावत् छन्।

अब रास्वपाको सहकोषाध्यक्ष बसुमाया तामाङ मात्र छिन् भने सुमनाले छाडेको सहमहामन्त्री पद रिक्त छ।

यसअघि बसेको रास्वपा बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले बोहरालाई सह-महामन्त्रीमा बढुवाको प्रस्ताव गरेका थिए तर, डा. तोसिमा कार्की, सोबिता गौतमलगायतका नेताहरूले विरोध गरेपछि त्यो प्रस्ताव थाँती रह्यो।

स्रोतका अनुसार उनीहरूले महिलालाई दिइएको पदमा महिलालाई नै स्थान दिइनुपर्ने बताएका थिए।

पार्टी प्रवक्ता मनीष झासँग जिज्ञासा राख्दा एक जना मात्रै सह-कोषाध्यक्ष राख्ने पार्टीको नीतिअनुरूप बोहरालाई पदबाट हटाइएको प्रतिक्रिया दिए।।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.