शैक्षिक गुणस्तर सुधार्न सहस्रलिङ्ग माविको ‘टोल भिजिट’

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको सहस्रलिङ्ग माध्यमिक विद्यालयले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न टोल–टोलमा भिजिट कार्यक्रम सञ्चालन गरिरहेको छ।

अमरगढी नगरपालिका-१० राईमा अवस्थित विद्यालयका शिक्षकहरू प्रत्येक टोलमा पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

Bohora madico

यसैअनुसार, साउन १६ गते अमरगढी नगरपालिका–१० अन्तर्गत बिजोडा टोलमा अभिभावकहरूसँग भेटघाट तथा छलफल गरिएको थियो।

यसअघि साउन २ गते लिटिरिगाउँ, १२ गते तल्लो बुडाली, १४ गते परकेउडा टोल र १५ गते मल्लो बुडालीमा पनि भिजिट कार्यक्रम सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

HARDIK AGRo NEw

विद्यालयका अनुसार अधिकांश टोलमा अभिभावकको सहभागिता सकारात्मक देखिएको शिक्षक केशवराज पन्त बताउँछन्।

‘हामी एक प्रश्नावलीसहित अभिभावक प्रतिबद्धता पत्र लिएर जान्छौं। अभिभावकले त्यसमा हस्ताक्षर गर्छन्। यसमार्फत विद्यालय र अभिभावक दुवैका जिम्मेवारीहरू स्पष्ट पारिन्छ,’ उनले भने।

उनका अनुसार शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा छलफल गरिन्छ र लिखित प्रतिबद्धता तयार पारिन्छ।

प्रतिबद्धता पत्रमा विद्यार्थीको नियमित उपस्थिति, घरमा पठनपाठनको निगरानी, विद्यालयको सूचनामा सक्रिय सहभागिता जस्ता विषय समेटिन्छन्।

हाल विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ।

परीक्षा सम्पन्न भएपछि अन्य टोलहरूमा पनि क्रमशः भिजिट कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.