आजदेखि दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

dream cafe
learnar

डडेल्धुरा : आजदेखि दादुरा–रुबेला विरुद्धको साताव्यापी खोप अभियानको सुरु भएको छ ।

यसक्रममा डडेल्धुराका १ सय ८१ वटा खोपकेन्द्र मार्फत वालबालिकाहरुलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप फोकल पर्सन हरिप्रसाद भट्टले बताए ।

Bohora madico

आईतबार देखी सुरु भएको खोप अभियानको अन्तिम दिन हरेक वडाका स्वास्थ्य केन्द्र मार्फत खोप लगाइने भट्टले बताए। खोप ९ महिला देखी ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप लगाइने जनाइएको छ ।

HARDIK AGRo NEw

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उद्धेश्य अनुसार आगामी सन २०२६ सम्ममा नेपालमा दादुरा रुबेलाका बिरामी बालबालिका शुन्य गर्ने रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख भवानी कुवरले बताए ।

उनका अनुसार डडेल्धुरा जिल्लाका ११ हजार ८ सय २३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य छ ।

आजदेखी संचालन भएको खोपमा नवदुर्गा गाउँपालिकामा १ हजार ६ सय ५८, अमरगढी नगरपालिकामा १ हजार ७ सय ४३, अजयमेरु गाउँपालिकामा १ हजार १ सय ७६, भागेश्वर गाउँपालिकामा १ हजार १ सय ३४, परशुराम नगरपालिकामा ३ हजार २ सय ९८, आलिताल गाउँपालिकामा १ हजार ६ सय ८१, गन्यापधुरा गाउँपालिकामा १ हजार १ सय ३३ बालवालिमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख कुँवरले बताए ।

अभियान अमरगढी नगरपालिका वडा नं ४ बाट औपचारीक रुपमा सुरु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले खोप अभियानलाई सार्थकता दिन स्वास्थ्यकर्मीले विशेष रुपमा खटनपटन गर्नुपर्ने बताए ।

 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.