डडेल्धुरा : आजदेखि दादुरा–रुबेला विरुद्धको साताव्यापी खोप अभियानको सुरु भएको छ ।
यसक्रममा डडेल्धुराका १ सय ८१ वटा खोपकेन्द्र मार्फत वालबालिकाहरुलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप फोकल पर्सन हरिप्रसाद भट्टले बताए ।
आईतबार देखी सुरु भएको खोप अभियानको अन्तिम दिन हरेक वडाका स्वास्थ्य केन्द्र मार्फत खोप लगाइने भट्टले बताए। खोप ९ महिला देखी ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप लगाइने जनाइएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उद्धेश्य अनुसार आगामी सन २०२६ सम्ममा नेपालमा दादुरा रुबेलाका बिरामी बालबालिका शुन्य गर्ने रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख भवानी कुवरले बताए ।
उनका अनुसार डडेल्धुरा जिल्लाका ११ हजार ८ सय २३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य छ ।
आजदेखी संचालन भएको खोपमा नवदुर्गा गाउँपालिकामा १ हजार ६ सय ५८, अमरगढी नगरपालिकामा १ हजार ७ सय ४३, अजयमेरु गाउँपालिकामा १ हजार १ सय ७६, भागेश्वर गाउँपालिकामा १ हजार १ सय ३४, परशुराम नगरपालिकामा ३ हजार २ सय ९८, आलिताल गाउँपालिकामा १ हजार ६ सय ८१, गन्यापधुरा गाउँपालिकामा १ हजार १ सय ३३ बालवालिमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख कुँवरले बताए ।
अभियान अमरगढी नगरपालिका वडा नं ४ बाट औपचारीक रुपमा सुरु भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले खोप अभियानलाई सार्थकता दिन स्वास्थ्यकर्मीले विशेष रुपमा खटनपटन गर्नुपर्ने बताए ।