परशुरामलाई हराउँदै आदर्शले जित्यो अन्तरपालिका स्तरीय भलिबलको उपाधि

dream cafe
learnar

डडेल्धुरा : डोटीको आदर्श गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा आयोजक टोली नै विजयी बनेको छ।

आदर्शको मौवामा सम्पन्न प्रतियोगिताको फाइनलमा डडेलधुराको परशुराम नगरपालिकालाई ३–० को सोझो सेटले पराजित गर्दै आदर्शले उपाधि हात पारेको हो।

Amargadhi Education

विजेता टोलीले एक लाख एकतीस हजार एक सय एघार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

पराजित उपविजेता परशुराम नगरपालिकाले भने एकासी हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

तेस्रो स्थान बझाङको छविस पाथिभेरा गाउँपालिकाले हात पार्‍यो।

अजयमेरु फाैजी केरा

उसले एकाउन्न हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा कालिकोटको नरहरिनाथ गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गर्‍यो।

जेठ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा जम्मा नौ वटा टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा जनक खड्का उत्कृष्ट सेटर घोषित भए भने जितेन्द्र ढुंङ्गाल उत्कृष्ट ब्लकर बन्न सफल भए।

डिफेन्डरको रुपमा वीरेन्द्र कोलीले उत्कृष्टता देखाए भने सन्तोष साउँद उत्कृष्ट स्पाइकर बने।

पारस सिंह उत्कृष्ट सर्भर घोषित भए। यस्तै, उदयमान खेलाडीको रूपमा जगदीश ओझाको नाम अगाडि आयो। उनीहरूले जनही दुई हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सुनिल बोहरा घोषित भए। उनले तीन हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.