सुदूरपश्चिमका कृषकलाई गहुँबालीको रोग पहिचान र व्यवस्थापन सम्बन्धी तालिम

dream cafe
learnar

डडेल्धुरा : गहुँबालीमा लाग्ने रोगको पहिचान, जोखिम र रोकथामसम्बन्धी दुईदिने तालिम डडेल्धुरामा सम्पन्न भएको छ।

गहुँबालीमा लाग्ने विभिन्न रोगका कारण उत्पादनमा असर परेको भन्दै किसान चिन्तित भइरहेका बेला सुदूरपश्चिम प्रदेशभरका कृषि प्राविधिक तथा अगुवा किसानको सहभागितामा तालिम सञ्चालन गरिएको हो।

GBL NEW

राष्ट्रिय वाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार, ललितपुरको आयोजनामा सम्पन्न तालिममा नौवटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार तालिममा गहुँबालीमा देखिने पहेँलो सिन्दुरे लगायतका रोगको पहिचान, पुर्वसूचना प्रणाली तथा व्यवस्थापनका विषयमा विज्ञ प्रशिक्षकद्वारा जानकारी दिइएको हो।

बरिष्ठ वैज्ञानिक सुरज वैद्यले गहुँबालीमा देखिने रोगहरुको पहिचान तथा रोकथामका लागि प्राविधिक र अगुवा किसानलाई छुट्टाछुट्टै तालिम दिइएको बताए।

उनका अनुसार, रोगको समयमै पहिचान तथा उचित व्यवस्थापनले किसानको क्षति न्यूनीकरण हुने विश्वास लिइएको छ।

तालिममा सहभागी बझाङका अगुवा किसान नवराज खड्काले आफूले सिकेको ज्ञान गाउँमा सँगै खेती गर्ने किसानहरूसँग बाँड्ने प्रतिबद्धता जनाए।

बैतडीकी अगुवा किसान हजारी महराले तालिमले आफूमा नयाँ उत्साह थपेको बताउँदै आगामी वर्ष गहुँ उत्पादनमा बृद्धि गर्ने लक्ष्य लिएको बताइन्।

बाजुराका किसान सनम सुनारले गहुँबाली लगाउने समय, मौसमको पूर्वअनुमान र सिँचाइ व्यवस्थापन नगर्दा हुने क्षतिको अनुभव सुनाउँदै, प्राविधिक र किसानको सहकार्यबाट भविष्यमा उत्पादन बढ्ने आशा व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.