सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली भारततर्फ

dream cafe
learnar

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।

मुख्यमन्त्री शाहको १० जनाको भ्रमण टोलीले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतको दिल्ली प्रस्थान गरेको हो।

Amargadhi Education

भारतको विदेश मन्त्रालयको औचारिक निमन्त्रणामा मुख्यमन्त्रीको पहिलोपटकभारत भ्रमण भएको हो।

मुख्यमन्त्री शाहसहित उनको टोलीले बैशाख २२ गते औपचारिक भ्रमण टुंग्याएर स्थलमार्ग हुदै धनगढी फर्किन कार्यतालिका छ।

भारत प्रस्थान गर्नुअघि मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुने बताए।

अजयमेरु फाैजी केरा

मुख्यमन्त्री शाहको औपचारिक भेट तथा छलफल बुधबारबाट मात्रै सुरु हुने बताइएको छ।

बुधबार बिहान राजघाट जाने, भारतको नयाँ संसद् भनवको अबलोनकन भ्रमण गर्ने, भारतका विदेश राज्यमन्त्री र गृह राज्यमन्त्रीसंग भेटवार्ता गर्ने कार्यक्रम छ।

अपरान्ह विवेकानन्द अन्तराष्ट्रिय फाउन्डेशनसंग अन्तरक्रिया गर्ने कार्यसूचि छ।

टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकिय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेट पश्चात लखनउबाट स्थलमार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा छन्।

यसैक्रममा सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भने आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई दिइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.