विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षमा सम्राट सिंह ठकुरी

dream cafe
learnar

डडेल्धुरा : विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्राट सिंह ठकुरीले सम्हालेका छन्।

हिन्दू धर्म, संस्कृति तथा राष्ट्रिय पहिचानको संरक्षणका अभियानमा सक्रिय ठकुरीले संगठनलाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

GBL NEW

विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा सक्रिय रहेका ठकुरीले युवालाई संगठित गर्ने, धार्मिक चेतना अभिवृद्धि गर्ने तथा सांस्कृतिक पहिचान संरक्षणका विषयलाई आफ्नो प्राथमिकतामा राख्दै आएका छन्।

कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेसँगै उनले संगठनको आगामी राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरी संगठनलाई नयाँ ऊर्जा, स्पष्ट कार्यदिशा र सशक्त नेतृत्व प्रदान गर्ने लक्ष्य रहेको बताएका छन्। साथै, संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै युवाको सहभागिता बढाउने योजनामा आफू केन्द्रित रहने उनको भनाइ छ।

ठकुरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत हुन्।

उनले लामो समयदेखि हिन्दू धर्म, संस्कृति तथा हिन्दू राष्ट्रको पक्षमा विभिन्न जनचेतनामूलक कार्यक्रम, संगठन विस्तार र सामाजिक अभियान सञ्चालन गर्दै आएका छन्।

सुदूरपश्चिमदेखि काठमाडौंसम्म उनले संगठनात्मक सञ्जाल विस्तारमा सक्रिय भूमिका खेलेका छन्।

दार्चुलाको मार्मा गाउँपालिका पुर्ख्यौली घर भएका ठकुरी हाल कैलालीको अत्तरियालाई कर्मथलो बनाएर राष्ट्रिय स्तरमा सक्रिय छन्। महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गरेका उनले विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमताको परिचय दिएका थिए।

सामाजिक तथा राजनीतिक अभियानमा पूर्णकालीन रूपमा सक्रिय हुनुअघि ठकुरी गीत–संगीत तथा मोडलिङ क्षेत्रमा पनि परिचित थिए। ‘चौलानीका छालैछाल’ लगायतका गीतमार्फत उनले मनोरञ्जन क्षेत्रमा पहिचान बनाएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.