त्रिबेणी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा, भोलि मतदान

dream cafe
learnar
  • अर्जुन धामी

परशुराम : त्रिबेणी बहुमुखी क्याम्पस, जोगबुडामा यही चैत्र २७ गते (बुधबार) हुने स्ववियु निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

क्याम्पस प्रशासनका अनुसार भोलि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुनेछ।

निर्वाचन तयारी अन्तर्गत आज मंगलबार मतपेटिका तयारी, मतदान र रोष्टम निर्माण, मतगणना स्थल तारजालीले सुरक्षित बनाउने कार्य तथा बुथ केन्द्र निर्माण सम्पन्न गरिएको निर्वाचन समितिका सदस्य सचिव तथा प्रवक्ता राजेन्द्र थापाले जानकारी दिए।

निर्वाचनमा नेपाल विद्यार्थी संघबाट प्रकाश अवस्थी अध्यक्ष को उम्मेदवार रहेका छन् भने अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझा प्यानलबाट भोज लुहार उम्मेदवार छन्।

क्याम्पसमा जम्मा ३११ जना मतदाता रहेका छन्। निर्वाचनको शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.