जीपबाट खसेर डडेल्धुरामा एक महिलाको मृत्यु

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जीपबाट खसेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

आइतबार दिउँसो साढे ४ बजेतिर जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीपबाट ओर्लिने क्रममा खसेर निर्मला गम्भीर घाइते भएकी थिइन्।

उपचारका क्रममा उनको डडेल्धुरा अस्पतालमा सवा ५ बजेतिर मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए।

प्रहरीले जीप र जीप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.