सुदूरपश्चिमका वनमन्त्रीलाई किन दिए मुख्यमन्त्रीले राजीनामा दिन निर्देशन ?

dream cafe
learnar

धनगढी  : मुख्यमन्त्री कमल शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन्।

आर्थिक लेनदेन अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका हुन्।

Amargadhi Education

सुदूरपश्चिम प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषद्बाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने गरी आर्थिक लेनदेनको अडियो सार्वजनिक भएको हो।

अजयमेरु फाैजी केरा

सो योजना बनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी समेत संलग्न भएको अडियो सार्वजनिक भएको थियो।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गर्ने लागेको छ।

लामो समयदेखि वनमा रहेका ढलापडा काठ व्यवस्थापन गरेर ठूलो धनराशी कमाउने चलखेल भएको लेनदेनको अडियोले स्पष्ट पारेको छ।

सो कार्यविधि निर्माण गरेको मन्त्री चौधरी सहित सचिवालयका कर्मचारी र केही वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका लागि आर्थिक चलखेल भएको अडियो प्राप्त भएको हो।

लेनदेनको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिन निर्देशन दिएका हुन्। मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरीले राजीनामा दिने तयारीमा छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.