सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ।

जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो।

Bohora madico

प्रतियोगिताको कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरिन्।

राज्यमन्त्री खड्काले महिलाहरूको खेलप्रति रूचि रहेको तर तीन तहका सरकारले खेल क्षेत्रमा बजेट विनियोजन न्यून गरिरहेको बताइन्।

उनले आगामी आर्थिक वर्षमा जिल्लामा एउटा खेलकुद मैदानका लागि बजेट विनियोजन गर्ने आश्वासन दिइन्।

HARDIK AGRo NEw

ग्रामीण क्षेत्रमा रहेका महिला खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउन सक्ने बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष राजेन्द्रबहादुर ठगुन्नाले बताए।

उनका अनुसार प्रतियोगितामा डडेल्धुराका तीन, बैतडी, दार्चला र कैलालीका एक/एक गरी ६ टिमको सहभागिता रहेको छ।

शुक्रबार भएको पहिलो खेलमा परशुराम नगरपालिकाले नवदुर्गा गाउँपालिकालाई ३–१ को सेटमा हराएको भने दोस्रो खेलमा अमरगढी नगरपालिकाले पाटन नगरपालिकालाई ३–२ को सेटमा पराजित गरेको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

यस्तै द्वितीयले ५१ हजार १११ रुपैयाँ र तृतीयले २५ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

अमरगढी नगरपालिका–४ टुँडिखेलमा भइरहेको प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.