सन्तोषी मृत्यु प्रकरण : बैतडी घर भएका इन्सपेक्टर जोशी पक्राउ

dream cafe
learnar

डडेल्धुरा : सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन्।

आत्महत्या दुरुत्साहन जाहेरी दर्ता भएपछि जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्रेको जानकारी दिएको छ।

Bohora madico
HARDIK AGRo NEw

सुदूरपश्चिमको बैतडी घर भएका जोशीमाथि महतलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।

परिवारका अनुसार उनीहरुबीच प्रेम सम्बन्ध थियो।

शनिबार राति पोखरास्थित सशस्त्रको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनको शौचालयमा महत झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

यता उक्त घटना अनुसन्धानको लागि सशस्त्र प्रहरी बल हेडक्वार्टरले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.