बोहरा मेडिको सेन्टर

 डडेल्धुरा महोत्सव सुरु, पूर्वमन्त्री बोहराद्वारा उद्घाटन

dream cafe
learnar

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन कला संस्कृति तथा औद्योगिक व्यापार मेला एवं डडेल्धुरा महोत्सव–२०८१ सुरु भएको छ।

सोमबारदेखि राष्ट्रिय संगीतकर्मी संघ डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सव सुरु भएको हो।

CNA

महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले उद्घाटन गरे।

GBL NEW

आजदेखि सुरु भएको महोत्सव २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन गर्दै बोहराले सुदूरपश्चिमको कला संस्कृतिलाई बचाउनका लागि मेला महोत्सव आयोजना हुन आवश्यक रहेको बताए।

सुदूरपश्चिमका गीतसंगीतको देशभर प्रचारप्रसार गर्नुपर्ने भनाइ उनको थियो। उनले महोत्सवलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरे।

यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गरिएको संघका अध्यक्ष गणेश केसीले बताए।

महोत्सव अवलोकन गर्नका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.