नवदुर्गामा नि:शुल्क स्वास्थ्य शिविर, पहिलो दिन दुई सय बढीले लिए सेवा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एकीकृत नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ।

हिजो (आइतबार) देखि गाउँपालिकाको वडा नम्बर ५ देखि शिविर सुरु भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

शिविर पालिकाका पाँचवटै वडामा सञ्चालन हुने पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए।

अध्यक्ष अवस्थीकाअनुसार शिविर एक वडामा दुईदिनसम्म चल्नेछ।

शिविरमा पहिलो दिन दुई सय आठ जनाले सेवा लिएको वडाध्यक्ष प्रेमसिंह ऐरले जानकारी दिए।

शिविरमा दन्त उपचार, आँखा उपचार, भिडियो एक्सरे, प्रजनन रुग्णता सम्बन्धि सेवा, ल्याब सेवा र नसर्ने रोगको स्क्रिनिङ लगाएतका सेवा रहेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.