माउन्टेन बोर्डिङ स्कुलको फूड फेस्टिवल तथा विज्ञान प्रदर्शनी [तस्बिरमा]

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको सदरमुकाममा रहेको माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुलले कला, विज्ञान प्रदर्शनी, फूड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीको प्रमुख आतिथ्यतामा आज (शनिबार) उक्त  कार्यक्रम सम्पन्न भएको हो।

Amargadhi Education

माउन्टेन माविले विज्ञान तथा प्रविधियुक्त युग सुहाउँदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेको छ।

प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरुले विज्ञान प्रदर्शनी तथा फूड स्टलहरु अवलोकन गरेका थिए।

कक्षागत पढाइसँगै व्यावहारिक ज्ञानमा जोड दिँदै विद्यालयले उक्त कार्यक्रम गरेको प्रिन्सिपल महेश महराले जानकारी दिए।

विद्यालयले हरेक वर्ष विद्यार्थी अन्तनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यसखाले रचनात्मक कार्य गर्दै आएको उनको भनाइ छ।

फूड फेस्टिवलबाट विद्यार्थीले कुन परिकार कसरी पकाइन्छ, त्यसमा प्रयोग हुने सामग्रीलगायतका व्यावहारिक ज्ञानसमेत पाएको विद्यालयका सञ्चालक समिति अध्यक्ष ईश्वरी जोशीले बताए।

अजयमेरु फाैजी केरा

उनले भने, ‘यस किसिमको रचनात्मक क्रियाकलापमा विद्यार्थीहरुले बढी ध्यान दिन्छन्।’

विद्यार्थीलाई शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँदै असल नागरिक निर्माण गर्ने उद्देश्य लिएको जोशीले बताए।

अनुभवी शिक्षक शिक्षिकाको टिमले विद्यार्थीलाई सिर्जनात्मक बनाउने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी शिक्षण गर्दै आएको उनको भनाइ छ।

प्रमुख अतिथि प्रदेशसभा सदस्य जोशीले विद्यार्थीहरूलाई पाठ्यक्रमको पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यक हुने बताए।

उनले विद्यार्थीले कक्षा कोठामा सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले आयोजना गरिएको फूड फेस्टिवलले व्यावसायी वा स्वरोजगार बन्न प्रेरित गरेको बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.