पुरातत्त्व विभागले उत्खनन गरिरहेको ऐतिहासिक अजयमेरु कोटमा मनाइयो प्रजातन्त्र दिवस

dream cafe
learnar

डडेल्धुरा : ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अजयमेरु कोटमा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाइएको  छ।

आज (बुधबार) जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा दिवस मनाइएको हो।

Amargadhi Education

“अजयमेरु कोटको संरक्षण हाम्रो पहिचान, श्रमको सम्मान र राष्ट्रको अभियान” भन्ने नाराका साथ दिवस मनाइएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए।

उनकाअनुसार दिवससँगै कोटमा भइरहेको पुरातात्विक उत्खननबारे विशेष जानकारी गराइएको थियो।

उनले अजयमेरु कोटको संरक्षण तथा विकासका लागि स्थानीय सरकारको बजेटले प्राप्त नभएकाले प्रदेश र संघ सरकारले आर्थिक सहयोग गर्नु पर्ने माग गरे।

पुरातत्व विभागको टोली २३ दिनदेखि उत्खनन कार्यमा संलग्न रहेको पुरातत्त्व विभागका अधिकृत, भाष्कर ज्ञवालीले जानकारी दिए।

अजयमेरु फाैजी केरा

कोट उत्खननका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ विनियोजन गरी प्राविधिक सहयोग लिएको छ।

उत्खनन कार्यलाई थप सात दिन लम्ब्याइएको ज्ञवालीले
बताए।  उनले पूर्ण दरबार पुनर्निर्माण गर्ने होइन, बरु भग्नावशेष संरचनाहरूको नम्बरीङ गर्ने काम भइरहेको जानकारी दिए।

अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयास स्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने जनाएको छ।

सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राजमन्त्री सरस्वती खड्काले अजयमेरु कोटजस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा सबै तहका सरकारको ध्यान जानु पर्ने बताइन्।

 

उनले प्रदेश सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको बताउँदै ऐतिहासिक सम्पदाको प्रचार-प्रसारमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन्।

कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, सुरक्षा प्रमुख, जनप्रतिनिधि, पत्रकार  र पालिकाका कर्मचारीको उपस्थिति रहेको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.