डडेल्धुरा अस्पतालमा करार कर्मचारीको घुँइचो

dream cafe
learnar

डडेल्धुराः संघीय सरकार मातहतको सुदूरपश्चिममा एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवा सहितको अस्पताल डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक छैनन्। तर, अस्पतालमा करार कर्मचारीको भने घुँइचो छ।

अस्तालमा रहेका कुल २ सय ७६ जना कर्मचारीहरुमा स्थायी कर्मचारी ८६ जना रहेका छन्। जसमा करार कर्मचारीको संख्या भने १ सय ९० रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए।

GBL NEW

उनका अनुसार अस्पतालको नगदी शाखा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, स्वीपर र सुरक्षागार्ड करार दरबन्दीमा रहेका छन्।

अस्पतालको तथ्याङ्क हेर्ने हो भने अस्पतालमा कार्यरत ११ जना विषेशज्ञ चिकित्सकहरु मध्ये ४ जना मात्र स्थायी दरबन्दी र ७ जना करारमा कार्यरत छन्।

यस्तै, मेडिकल अधिकृत ३२ जना मध्ये ११ जना स्थायी र २१ जना करारमा कार्यरत छन्। स्टाफ नर्स ५७ जनामा ३७ जना स्थायी र २० जना करार कर्मचारी छन्।

कार्यालय सहयोगी ३१ जना र स्वीपरमा २७ जना गरि ५८ जना करार नियुक्त गरि कार्यरत रहेका छन् भने सुरक्षागार्डमा कार्यरत ७ जना कर्मचारी समेत करार कर्मचारीका रुपमा कार्यरत छन्।

अस्पतालमा करार कर्मचारीका नाममा कार्यकर्ता भर्ना गरेको आरोप लाग्दै आएको छ। कार्यालय सहयोगी र स्वीपरमा अस्पताल व्यवस्थापन समितिले मनमर्जी कर्मचारी राखेको चर्चा बाहिरिएको छ ।

केही दिनअघि डडेल्धुरा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दरबन्दी अनुसार कर्मचारी नहुनुमा राजनीतिक दलको पहँुच मन्त्रालय र माथिल्लो तहसम्म नपुग्ने गरेको बताएका थिए।

एघारौ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको डडेल्धुरा अस्पतालमा दशौ तहका डा. नरेन्द्र खनाल निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरिरहेका छन्।

अस्पतालमा स्थायी दरबन्दीका कर्मचारी नहुनुले करार भर्नाका निहुँमा अस्पताल विकास समितिको भर्तीकेन्द्र बनेको जिल्ला स्थित राजनीतिक दलका नेताहरुको गुनासो छ।

अस्पताल जस्तो संवेदनशील संस्थालाई राजनीतिबाट मुक्त गर्नु जरुरी रहेको दलका नेताहरुको भनाइ छ।

उता डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक लगायत अन्य कर्मचारीको माग गर्न समय समयमा काठमाण्डौ धाएको बताउँछन्।

उनी सबैको सहयोग भएमात्रै अस्पतालले थप जनशक्ति पाउने बताउँछन्।

अस्पताल भौतिक संरचना र उपकरणमा अब्बल रहेको अस्पतालले दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नपाउनु विडम्बना हो।

डडेल्धुरामा अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट अस्पताल सुरुवात गरेका थिए। त्यस बेला टीबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो।

२०४५ सालमा टिम अस्पतालका नाममा २५ शय्यामार्फत् मानिसलाई स्वास्थ्य सेवा दिइन्थ्यो। उक्त अस्पताल २०५१ सालमा ५० शय्यामा स्तरोन्नति भयो र २०७० सालमा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर १०० शय्याको उपक्षेत्रीय अस्पताल बनाइएको थियो।

डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ३ फागुन २०७५ सालको मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्नेगरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

र, यो पनि :
श्रेणी विहीनमा नेताका आसेपासे, अन्तर्वार्तामा गीत !

Ddl dental
Leave A Reply

Your email address will not be published.