डडेल्धुरामा डाक्टर नआउनुको कारण राजनीतिक दबाब : सचिव पोखरेल

dream cafe
learnar

डडेल्धुरा : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले राजनीतिक दबाब कम पुगेर डडेल्धुरामा डाक्टर आउन नमान्ने गरेको खुलासा गरेका छन्।

आज (सोमबार) डडेल्धुरा अस्पतालको डाक्टर तथा नर्स आवास भवन हस्तान्तरण कार्यक्रममा डडेल्धुरा पुगेका सचिव पोखरेलले यस्तो खुलासा गरेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनले यहाँबाट राजनीतिक दबाब नै नपुग्ने  कारणले डाक्टर आउन नमान्ने र नटिकाउने गरेको बताए।

डडेल्धुरा अस्पताललाई तीनसय बेडको बनाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर फाइल अर्थ मन्त्रालयमा पठाइसकेको जानकारी दिए।

उनकाअनुसार अर्थले फाइल रोकेर राखेको छ।

‘राजनीतिक दलको दबाब नपुग्दा   डाक्टर आउन नमान्ने र नटिकाउने समस्या छ। अब डडेल्धुरा अस्पतालले थप डाक्टर पाउँछ,’ उनले भने, ‘डाक्टर र नर्सको क्वाटर बनेकाले डाक्टरलाई डडेल्धुरा आउनतिर सजिलो हुनेछ। सबैतिर प्रपोगण्डा गरेर अस्पतालको विकासमा जुट्न जरुरी छ।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.