डडेल्धुरामा सशस्त्रको बीओपी निरीक्षण गर्दै वर्षमानले गरे प्रशंसा

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका–५ परी गाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण भ्रमण गरेका छन्।

त्यस क्रममा पुनले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीले खेलिरहेको भूमिका, सीमा सुरक्षा तथा निगरानी लगायत विषयमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

सीमित साधन–स्रोतमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा प्रशंसनीय काम गरेको भन्दै उनले सशस्त्र प्रहरीलाई थप साधन–स्रोत सम्पन्न बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए।

निवर्तमान अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको बजेटमा आफूले सशस्त्र प्रहरी बललाई थप सुदृढ र प्रभावकारी बनाउन बजेट वृद्धि गरेको स्मरण गरे।

परिगाउँबाट नेपाली सर्वसाधारण महाकाली नदीमा डुङ्गा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिकजसो उपभोग्य सामन खरिद, औषधि उपचार तथा रोजगारीका लागि जाने गर्दछन्।

डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा ५ वटा बीओपी छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.