डडेल्धुराका कृषकले यो वर्ष फलाए १६ करोड बढीका सुन्तला

dream cafe
learnar

डडेल्धुरा : ‘बुवाबाजेको पालामा घरपरिवारले खान मात्रै सुन्तला, माैसमी लगाइएको थियो। तर, यसलाई व्यावसायिक रूपमा लगाउनु पर्छ। राम्रो उत्पादन दिन्छ भन्ने लाग्यो। अहिले व्यावसायिक सुन्तला खेती गरिरहेकाे छु,’  उनले भने।

उनी अर्थात् भागेश्वर गाउँपालिका-५ चुल्लका प्रकाशदत्त भट्ट।

Amargadhi Education

भट्ट विगत १६/१७ वर्ष यता व्यावसायिक सुन्तला खेतीमा लागेका छन्।

सुन्तला खेतीबाट उनले मनग्ये आमदानी गरिरहेका छन्।

कृषक प्रकाशदत्त भट्ट

भट्ट विगतलाई सम्झिदै भन्छन्, ‘गाउँमा सडक बाटो नहुँदा सुन्तला बिक्री गर्न समस्या हुने गरेको थियो। त्यसपछि कामको खोजीमा भारत पसे।’

उनले करिब ४/५ वर्ष भारत बिताए।

आफ्नो घरपरिवार र समाज जस्तो बिरानो मुलुक हुँदो नरहेछ। त्यसपछि आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने हेतुले नेपाल फर्किएको बताउँछन्, उनी।

सुरुमा बुवासँग मिलेर सय बिरुवा सुन्तला रोपेको उनी बताउँछन्।

प्रकाशका सहयोगी बुवाको अहिले देहावसान भइसकेको छ। उनीसहित उनका तीन भाइ मिलेर अहिले आफ्नो व्यवसायलाई अघि बढाइरहेका छन्।

करिब ३०/३५ रोपनीमा फलफूल खेती गरिरहेकाे सुनाउँछन्, उनी। अहिले ६/७ सय नयाँ सुन्तलाका बिरुवा भट्ट परिवारको बारीमा हुर्किदै छन्।

यसपालि सिजनको तीन लाख रुपैयाँ सुन्तला बिक्री गरेर कमाएका उनी अब माैसमी बेच्ने तरखरमा छन्।

भागेश्वर गाउँपालिकाको चुल्ल, सिराडका हरेक कृषको घर आगनमा सुन्तलाका बिरुवा छन्।

चुल्कै कृषक माधव जोशी सुन्तला बिक्री गरेरै यहाँका कृषकले जीविकोपार्जन गरिरहेकाे बताउँछन्।

अजयमेरु फाैजी केरा

‘१०/१२ बोट सुन्तला नभएको परिवार साहेदै नहोलान्। २०/३० हजारको सुन्तला प्राय सबैले बेच्छन्। बढी बेच्नेले ३/४ लाखसम्म बेच्छन्,’ उनले भने।

उनी यहाँको सुन्तला सिन्धुलीसम्म पुग्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘सुन्तला किन्न व्यापारी बारीमै आउँछन्। ठेक्का हान्ने हो। आफैं टिप्छन्, लैजान्छन्।’

तर, चिस्यान गृह (कोल्ड स्टोर) नहुँदा भने कृषकलाई समस्या छ।  सिजनमा सस्तोमा बिक्री गर्नु पर्ने भएकोले  कोल्ड स्टोर भए सहज हुने उनीहरूको भनाइ छ।

१६ करोड बढीको सुन्तला उत्पादन
कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार यहाँका उच्च भेगका गाउँहरू, विशेषगरी अमरगढी, आलिताल, भागेश्वर, गन्यापधुरा लगायतका क्षेत्रमा सुन्तलाको खेती राम्रो फस्टाएको छ।

ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख नरेन्द्र पनेरूका  अनुसार करिब ३१० हेक्टरमा २७ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

उनले आर्थिक वर्षमा जिल्लामा १६ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको बताए।

गत आर्थिक वर्षमा १६ करोड २० लाखको सुन्तला उत्पादन भएको थियो।

बगैंचा व्यवस्थापन गर्न तालिम
कृषि ज्ञान केन्द्रले सुन्तलाको बगैंचा व्यवस्थापन गर्न तालिम समेत दिइरहेकाे छ।

उसले भागेश्वर र गन्यापधुराका कृषकलाई तालिम दिएको जनाएको छ।

प्राविधिकसहितको टोलीले कृषकलाई सुन्तलाजातको बगैंचा व्यवस्थापन गर्ने तरिका सिकाएको कृषि ज्ञान केन्द्र डडेल्धुराका बागबानी अधिकृत रामसिंह बोहराले जानकारी दिए।

प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि कृषकलाई सिकाएको बोहराले बताए।

ज्ञान केन्द्रले फुट स्प्रे, हैंचा, हात कटर, क्रप कपर पेस्ट लगाएतका सामग्री कृषकलाई हस्तान्तरण गरिरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.