डडेल्धुरामा सुन्तलाजात बगैंचा व्यवस्थापन गर्न कृषकलाई तालिम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा सुन्तलाजात बगैंचा व्यवस्थापन गर्न कृषकलाई तालिम दिइएको छ।

आज शनिबार  कृषि ज्ञान केन्द्र डडेल्धुराले जिल्लाको भागेश्वर गाउँपालिका-५ चुल्ल र सिराड गाउँका कृषकलाई तालिम दिएको हो।

Amargadhi Education

यो क्षेत्र सुन्तला र जुनारको पकेट क्षेत्रका रूपमा चिनिन्छ।

यस यामको सुन्तला टिपेर सकिएलगत्तै ज्ञान केन्द्रले तालिम दिएको हो।

उत्पादन थप बढाउने लक्ष्यका साथ कृषकलाई बगैंचा व्यवस्थापन तालिम दिएको ज्ञान केन्द्रले जनाएको छ।

अजयमेरु फाैजी केरा

प्राविधिकसहितको टोलीले कृषकलाई सुन्तलाजातको बगैंचा व्यवस्थापन गर्ने तरिका सिकाएको कृषि ज्ञान केन्द्र डडेल्धुराका बागबानी अधिकृत रामसिंह बोहराले जानकारी दिए।

प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि कृषकलाई सिकाएको बोहराले बताए।

तालिमको क्रममा उपस्थित केही कृषले आफ्ना समस्या राखेका थिए। बोट पहेँलो हुने, बोट सुक्ने, फल झर्नेलगाएतका समस्या रहेको कृषकको गुनासो थियो।

बगैंचा सुदृढीकरण कार्यक्रममा ४० जनाभन्दा बढी कृषक सहभागी थिए।

कृृषक माधव जोशीले सुन्तलाको थप उत्पादन लिन बगैंचा व्यवस्थापनले सहयोग पुग्ने बताए।

यसैबीच, तालिममा सहभागी कृषकलाई सामग्री हस्तान्तरण गरिएको छ।

फुट स्प्रे, हैंचा, हात कटर, क्रप कपर पेस्ट लगाएतका सामग्री कृषकलाई हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका अधिकृत छैटौं मदनराज जैशीले जानकारी दिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.