विपिनका बुवा काठमाडौं पुगे, भन्छन्- ‘छोरासँगै गाउँ फर्किन पाइने आसमा छु’

dream cafe
learnar

काठमाडौं : विपिनका बुबा महानन्द जोशी कञ्चनपुरबाट छोराको रिहाइको याचना गर्दै फेरि काठमाडौं पुगेका छन्।

हमासले बन्धकलाई रिहाइ गरिरहेकाे भएपनि विपिन नछुटेपछि उनी काठमाडौं पुगेका हुन्।

GBL NEW

प्रधानमन्त्री केपी ओलीदेखि आफ्नै क्षेत्रका सांसदसमेत रहेका गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा अनि इजरायली राजदूत शमुलिक ए वासलाई भेटेर अनुरोध गर्न काठमाडौं पुगेको उनले बताए।

सरकारले  कतार वा इजिप्टसँग गम्भीरतापूर्वक कुरा गरिदिए आगामी खेपमा विपिन रिहा हुने महानन्दको विश्वास छ।

‘सबैतिरबाट पहल भयो भने ऊ (विपिन) आउने पालीमा छुट्छ। म उसलाई लिएरै फर्किने गरी आएको हुँ,’ महानन्दलाई भरोसा छ।

विपिन जिउँदै छ भन्ने खबर सुनेर  छोरा सकुशल आउने आशा बढेको उनी बताउँछन्। उनी भन्छन्, ‘तर, स्वदेश नआउञ्जेल, आफ्नै अगाडि नदेखुञ्जेल बुबाआमाको मनले नमान्दो रहेछ। आमा उता गाउँमा तड्पेर प्रतीक्षा गरिरहेकी छन्।’

आफू छोरा लिएरै कञ्चनपुर फर्किने गरी काठमाडौं आएको उनको भनाइ छ। २३ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरी २ सयभन्दा बढीलाई बन्दी बनाएको थियो।

त्यसमा एक जना कञ्चनपुरको भीमदत्त नगरपालिका– ३, भासीका विपिन पनि थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.