नगरको सम्पत्तिमा परशुरामका मेयर उपमेयरको रजाइँ, नियमविपरीत पीएलाई दिए झन्डै तीन लाख

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको एक पालिकाले कानुन मिचेर मेयर र उपमेयरको स्वकीय सचिव (पीए) नियुक्त गरेको छ।

जिल्लाको परशुराम नगरपालिकाले नियमविपरीत स्वकीय सचिवलाई तलब भत्ता खुवाउँदै आएको हो।

GBL NEW

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ मा यस प्रदेशमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखले स्वकीय सचिव/सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन्।

त्यसैगरी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३ (८) मा तोकीएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ती गर्न नहुने उल्लेख छ।

तर, मेयर भरत बडायर जोशी र उपमेयर बिमलाकुमारी बोहाराले स्वकीय सचिव राखेर नगरको सम्पत्तिमाथि रजाइँ गरिरहेका हुन्।

नगर प्रमुखको स्वकीय सचिवका रूपमा ललित बिष्टलाई मंसिरदेखि असारसम्म एक लाख १८ हजार आठ सय र उपप्रमुखको स्वकीय सचिवका रूपमा महना धामीलाई वर्षभरि एक लाख ७८ हजार दुई सय गरि जम्मा दुई लाख ९७ हजार खर्च गरेको महालेखा परिक्षणको प्रतिवेदनमा उल्लेख छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.