डडेल्धुरामा खसी भनेर बाख्रीको मासु बेच्ने एक व्यवसायी प्रहरीको फन्दामा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने मासु व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

५३ वर्षीय एक मासु व्यवसायीलाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेको हो।

GBL NEW

 तुफान्डाँडामा रहेको स्वच्छ मासु उत्पादन केन्द्रमा बाख्राहरू काटी खसीको मासु भनी ब्रिकी गर्दै आएका थिए।

प्रहरी स्रोतका अनुसार उनले बाख्राको मासु खसीको भाउमा बिक्री गर्थे।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दिपककुमार कार्कीका अनुसार ३१ गते बिहान साढे ५ बजे प्रहरीले मासु पसलमा छापा हानेको थियो।

उनले बाख्राको काटेको छेकेको मासु १५ किलो र टाउको काटी खुरक्याएको सिङगै १८ किलो चार सय ग्रामको बाख्रा फेला पारी बरामद गरिएको बताए।

उनलाई नियन्त्रणमा लिएर बरामद गरिएको मासु मुचुल्का उठाई नष्ट गरिएको छ भने उनीबिरुद्ध पशु बधशाला र मासु जाँच ऐन २०५५ को दफा १३ बमोजिम मिसावट गरि मासु बिक्री गर्न नहुने अन्तर्गत कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.