डडेल्धुराका एकल तथा विपन्न महिलालाई बाख्रा पालन तालिम, २० हजार अनुदान

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एकल तथा विपन्न  भएका महिलालाई बाख्रा पालन तालिम दिइएको छ।

सामाजिक विकास कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका ४० जना एकल तथा विपन्न महिलाहरूका लागि आय आर्जन तथा रोजगार सम्बन्धि सातदिने बाख्रा पालन तालिम दिएको हो।

Bohora madico

जेठ २३ देखि २९ गतेसम्म चलेको  तालिममा दुई दिन नेतृत्व विकास र पाँच दिन आय आर्जन सम्बन्धि तालिम दिइएको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिए।

तालिम पश्चात् प्रति व्यक्तिलाई बाख्रा पाल्नका लागि २० हजार अनुदान समेत दिइएको उनले बताए।

HARDIK AGRo NEw

‘एकल महिलाले पनि आय आर्जनसँग पनि जोडिन पाउन।स्यानो आफ्नो दैनिकी गुजाराका लागि पनि अरूको भर पर्न नपरोस्। र, यसरी नै प्रत्येक व्यक्तिको आमदानीको स्रोत बढ्दै जाओस्। गरिबीको अन्त्य होस् भनेर तालिम दिइएको  हो,’ उनले भने, ‘लगत्तै दुई गतेदेखि भागेश्वर र अजयमेरूको कार्यक्रम पनि हामी सुरु गर्छाैं।’

अमरगढी नगरपालिकाकि एकल महिला पार्वती कैनी तालिममा सहभागी भएर बाख्रा पालन बारे धेरै कुरा थाहा पाएको बताउँछिन्।

उनले  बाख्रा पालन अरुको लागि नभएर आफ्नो आय आर्जन बढाउने माध्यम भएकोले कटिबद्ध भएर लाग्ने  बताइन्।

गन्यापधुरा गाउँपालिकी सहभागी महिला अनिता देउवाले तालिमले आफूलाई ज्ञान सीप सिकाएको बताइन्।

उनले  बाख्रामा रोग लागेपनि विगतमा आफूलाई थाहा नहुने भएपनि तालिमबाट सो रोग बारे थाहा पाएको बताइन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.