डडेल्धुरामा कर शिक्षासँगै अन्तरक्रिया

dream cafe
learnar

डडेल्धुरा : आन्तरिक राजश्व कार्यालय डडेल्धुराको आयोजनामा उद्योगी व्यावसायीहरू सँग  कर शिक्षा एवम्  अन्तरक्रिया कार्यक्रम गरिएको छ।

आज (बिहीबार) उद्योग वाणिज्य संघ डडेल्धुरामा उद्यमी व्यवसायीसँग कर शिक्षा, करको दायरा, नीति, छुटको व्यवस्था, व्यवसाय कर लगायतका विषयमा अन्तरक्रिया गरिएको हो।

Ird

कर नियमको अनविज्ञता, परम्परागत व्यवसायीहरुले आधुनिक प्रविधिसँग परिचित नहुनु र कर कार्यालयसँगको समन्वयबाट दूरी बढाउनु जस्ता गतिविधिले व्यावसायीहरू करको मारमा परेको कार्यक्रमका सहभागीको गुनासो थियो।

खरिद बिल कम हुने, बिक्री ६ गुणाले हुने हुँदा राजश्व बढी तिर्नु परेको फेन्सी व्यवसायी  नरबहादुर सेटीले बताए।

उनले अन्डर बिलिङले व्यापारी मार्कामा पर्ने र होलसेल व्यापारीलाई मालामाल हुने बताए।

HARDIK AGRo NEw

सानो तिनो व्यापार पट्टा गर्ने व्यवसायी मारमा परेको बताउँदै निर्माण व्यवसायी सन्तोष खड्काले  निर्माणमा जेवी गरेको फर्मको बिलिङ व्यक्तिगत फर्मबाट गरि पुनः जेवीको खातामा हाल्नुपर्ने तथा दोहोरो कर लाग्ने गुनासो गरे।

निर्माण व्यवसायीले भेटनरलाई विलिङ गरेर कर तिरिसक्दा पनि राज्यबाट पाउने रकम नपाउदा निर्माण व्यवसायी मार्कामा परेको खड्काको गुनासो छ।

व्यवसायी कर तिर्न सदैव तयार रहेको तर करको दरमाभन्दा दायरा बृद्वि गर्न जोड दिनुपर्ने उनको भनाइ थियो।

आन्तरिक राजश्व कार्यालय डडेल्धुराका प्रमुख कर अधिकृत बासुदेव पौडेलले प्रत्येक व्यवसायी आ–आफ्नो व्यवसायको कर अधिकृत आफैं रहेको र व्यवसाय नभए कर पनि नहुने बताउँदै व्यवसायको सफलतानै कर संकलनको सफलता भएको बताए।

व्यवसायी नै कर अधिकृत भएको बताउदै उनले भने,  ‘राज्यले बनाएको कानुनभन्दा कोही माथि हुदैन। कर छल्ने, चोरीको समान बेच्ने जस्ता क्रियाकलापले एकदिन करको फन्दामा पर्ने निश्चित हुन्छ।’

उनले गलत गरेर कमाएको पैसा काम नलाग्ने बताए। उद्योग वाणिज्य संघ डडेल्धुराका बरिष्ठ उपाध्यक्ष दिपक महताले उद्योगी व्यवसायीहरु कर सम्बन्धि नविनतम नियम कानुन बारे कम जानकार हुँदा जरिवानामा पर्नु परेको बताए।

‘व्यापारको उद्देश्य नाफासँगै  राज्यलाई कर तिर्ने हो,’ उनले भने, ‘व्यवसायीलाई सफलपार्न कर कार्यालयले समय समयमा जानकारी मुलक कार्यक्रम र सूचना मुलक गतिविधि गर्नु जरुरी देखिन्छ।’

कार्यक्रममा राजश्व कार्यालय डडेल्धुराका नायव सुब्वा मनोज जोशीले करकाे दायरा, नियम, व्यवसायीले कर सम्बन्धि जान्नुपर्ने आधारभुत जानकारी र कारवाहीका विषयमा प्रस्तुतिकरण गरेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.