बोहरा मेडिको सेन्टर

अमरगढीमा हर्न आतंक : डडेल्धुरा अस्पताल क्षेत्रमा कहिलेसम्म ध्वनि प्रदूषण ?

dream cafe
learnar
  • राजेन्द्र बम

डडेल्धुराको सुदूरपश्चिमका पहाडी जिल्लाहरू जोड्ने मुख्य प्रवेशद्वार हो, अमरगढी।

CNA

बसपार्क, बागबजार, तुफानडाँडा, हुँदै कीर्तिपुरसम्मको सडक खण्डमा दिनहुँ सयौं दिवा तथा रात्रिकालीन सवारी साधनहरू ओहोरदोहोर गर्छन्। तर, व्यापारिक चहलपहल र यातायातको यो मुख्य केन्द्र अहिले गम्भीर ध्वनि प्रदूषणको सिकार बनेको छ, जसप्रति सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन्।

यो सडक खण्ड केवल व्यापारिक मार्ग वा गाडी गुड्ने सडक मात्र होइन, यो एक बाक्लो मानव बस्ती (रेसिडेन्सियल एरिया) पनि हो।

यहाँ बालबालिका, वयस्क तथा वृद्धवृद्धाको ठूलो उपस्थिति छ। अझ गम्भीर कुरा त के छ भने, तुफानडाँडा चोकमा टिम अस्पताल, नजिकै विद्यालयहरू र डडेल्धुरा उपक्षेत्रीय अस्पताल सञ्चालनमा छन्।

अस्पतालजस्तो अत्यन्त संवेदनशील क्षेत्र जहाँ नवजात शिशु, सिकिस्त बिरामी र वृद्धवृद्धाहरू उपचाररत हुन्छन्, त्यस्तो ठाउँमा समेत दिवा तथा रात्रिकालीन बसहरूले बजाउने ठूला र तीखा हर्नले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ।

स्वास्थ्यमा गम्भीर असर र दीर्घकालीन जोखिम
ध्वनि प्रदूषण केवल सामान्य होहल्ला मात्र होइन, यो मानव स्वास्थ्यका लागि एक अदृश्य र घातक खतरा हो। जनस्वास्थ्य विज्ञहरूका अनुसार निरन्तरको उच्च आवाजले मानिसमा प्रमुख असरहरू निम्न प्रकारका छनः

श्रवण क्षमतामा ह्रासः अत्यधिक ध्वनिको दीर्घकालीन सम्पर्कले श्रवण शक्ति कमजोर पार्नुका साथै कानमा निरन्तर आवाज सुनिने टिनिटस जस्ता समस्या उत्पन्न गर्न सक्छ।

निद्रामा गम्भीर असरः विशेषगरी रातिको ध्वनि प्रदूषणले निद्रा लाग्न कठिन हुने, पटक–पटक निद्रा खुल्ने तथा निद्राको गुणस्तर घट्ने समस्या निम्त्याउन सक्छ।

तनाव तथा मानसिक स्वास्थ्यमा असरः निरन्तरको अनावश्यक आवाजले मानसिक तनाव, बेचैनी, चिडचिडापन र असहजता बढाउन सक्छ तथा मानसिक स्वास्थ्य र समग्र कल्याणमा नकारात्मक प्रभाव पार्न सक्छ।

हृदय तथा रक्तसञ्चार प्रणालीमा असरः दीर्घकालीन ध्वनि प्रदूषणसँग उच्च रक्तचाप तथा इस्केमिक हृदय रोगलगायत हृदयसम्बन्धी समस्याको जोखिम बढेको पाइएको छ।

GBL NEW

एकाग्रता र कार्यक्षमतामा कमीः अत्यधिक आवाजले ध्यान केन्द्रित गर्ने क्षमता, काम गर्ने दक्षता तथा दैनिक कार्यसम्पादनमा प्रतिकूल प्रभाव पार्न सक्छ।

बालबालिकाको सिकाइ तथा संज्ञानात्मक विकासमा असरः विद्यालय तथा घर वरपरको निरन्तर ध्वनि प्रदूषणले बालबालिकाको एकाग्रता, सिकाइ क्षमता र संज्ञानात्मक विकासमा असर पार्न सक्छ।

सञ्चारमा अवरोधः अत्यधिक आवाजले मानिसबीचको सामान्य कुराकानी र सञ्चारमा बाधा पु¥याउँछ, जसले सामाजिक अन्तरक्रिया तथा दैनिक जीवनमा असहजता सिर्जना गर्न सक्छ।

चिडचिडापन र असन्तुष्टि बढ्नुः निरन्तरको अनावश्यक आवाजले मानिसमा झर्को, रिस, असन्तुष्टि तथा बललयथबलअभ बढाउन सक्छ, जसले समग्र जीवनको गुणस्तरमा असर पार्न सक्छ।

दीर्घकालीन स्वास्थ्य जोखिमः ध्वनि प्रदूषणलाई केवल ‘आवाजको असहजता’का रूपमा मात्र नभई निद्रा, मानसिक स्वास्थ्य, हृदय स्वास्थ्य, श्रवण क्षमता र संज्ञानात्मक कार्यसम्पादनसँग जोडिएको सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण जोखिमका रूपमा लिनुपर्ने WHO को निष्कर्ष छ।

स्थानीय सरकार र जिल्ला प्रशासनको मौन
सार्वजनिक स्वास्थ्यमा यसरी प्रत्यक्ष असर परिरहँदा पनि अमरगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको मौनता आश्चर्यजनक र निराशाजनक छ।

नो–हर्न जोन (No Horn Zone) को पालना गराउने, मुख्य–मुख्य ठाउँमा ट्राफिक स्टिकर र सचेतनामूलक बोर्ड टाँस्ने तथा जथाभावी हर्न बजाउने सवारी साधनलाई कारबाही गर्ने प्राथमिक जिम्मेवारी स्थानीय प्रशासनको हो।

तत्काल गर्नुपर्ने सुधारहरू :
नो–हर्न क्षेत्र घोषणाः अस्पताल, विद्यालय र घना बस्ती क्षेत्रलाई तत्काल पूर्ण रूपमा ‘नो–हर्न जोन’ घोषणा गरियोस्।

ट्राफिक व्यवस्थापन र कडाइः सडकका प्रमुख विन्दुहरूमा स्पष्ट सूचना बोर्ड र स्टिकर टाँसी रातिको समयमा तीव्र हर्न बजाउने गाडीहरूलाई ट्राफिक प्रहरीले कडाइका साथ कारबाही गरोस्।

Noise Mapping तथा नियमित ध्वनि मापनः बजार, विद्यालय, अस्पताल र आवासीय क्षेत्रमा Sound Level Meter प्रयोग गरी नियमित ध्वनि मापन गर्नुपर्छ।

बिहान, दिउँसो, साँझ र रातिको फरक–फरक समयमा मापन गरी Noise Map तयार गर्न सकिन्छ। उच्च ध्वनि भएका स्थानलाई Noise Hotspot पहिचान गरी प्राथमिकताका आधारमा नियन्त्रण गर्नुपर्छ।

स्थानीय निकायको सक्रियताः अमरगढी नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यातायात व्यवसायीहरूसँग समन्वय गरी व्यवस्थित यातायात प्रणाली लागू गरोस्।

नागरिकको शान्तिपूर्वक बाँच्न पाउने र स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हकको रक्षा गर्नु स्थानीय सरकार र प्रशासनको दायित्व हो। डडेल्धुराबासीको स्वास्थ्यमा भइरहेको यो खेलबाडप्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस्।

Ddl dental
Leave A Reply

Your email address will not be published.