डडेल्धुरामा उपभोक्ता अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

dream cafe
learnar

डडेल्धुरा: उपभोक्ता हक–अधिकार तथा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा बुधबार अमरगढी नगरपालिका–६ को वडा कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो।

Ird

कार्यक्रममा वडास्थित उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

HARDIK AGRo NEw

कार्यक्रमका सहजकर्ता तथा घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कम्प्युटर अपरेटर जोगराज ऐरले उपभोक्ता हकहित संरक्षण, बढ्दो महँगी तथा कालोबजारी नियन्त्रण, उपभोक्ताको खाद्य अधिकार, गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग, हानिकारक वस्तुबाट सुरक्षा, खाद्यवस्तुको तौल, गुणस्तर तथा उपभोग्य मिति, खाद्यवस्तु उत्पादन र वस्तुमूल्य सूची लगायतका विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराएका थिए।

कार्यक्रममा उपभोक्ता अधिकार तथा खाद्यवस्तुसम्बन्धी विभिन्न नियम तथा कानुनी प्रावधानबारे समेत जानकारी गराइएको थियो। सहभागीहरूले ग्रामीण बस्तीहरूमा उपलब्ध खाद्यवस्तुको गुणस्तर मापन तथा अनुगमन–नियमनका गतिविधि न्यून रहेको गुनासो गरेका छन्।

केही हदसम्मको अशिक्षा र स्थानीय व्यापारीप्रतिको विश्वासका कारण उपभोक्ताहरूले खाद्यवस्तु खरिद गर्दा उत्पादन मिति, मूल्य र गुणस्तरजस्ता विषयमा पर्याप्त ध्यान नदिने गरेको सहभागीहरूको भनाइ थियो।

यस्ता अभिमुखीकरण कार्यक्रमले उपभोक्तामा सचेतना अभिवृद्धि हुनुका साथै थप जिम्मेवार बन्न सहयोग पुगेको जनाइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.