डडेल्धुराबाट ‘हाई भ्यालु’ कृषि अभियान, १७ पालिकामा कार्यक्रम सुरु

dream cafe
learnar

डडेल्धुरा: सुदूरपश्चिममा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सुरु भएको छ।

प्रादेशिक कार्यालय व्यवस्थापन कार्यक्रमअन्तर्गत सोमबार सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले कार्यालय उद्घाटन गरेका हुन्।

GBL NEW

कार्यालय प्रमुख गंगादत्त अवस्थीका अनुसार कार्यक्रम सात पहाडी जिल्लाका १७ पालिकामा सञ्चालन हुने छ।

कम आम्दानी दिने परम्परागत खेतीबाट उच्च मूल्यका बालीतर्फ किसानलाई रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

तरकारी, फलफूल, मसला, आलु र मौरीपालनमा जोड दिँदै उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सुधार गरिने जनाइएको छ।

अर्गानिक खेती प्रवर्द्धन पनि कार्यक्रमको प्राथमिकतामा छ।

कार्यक्रमले किसानको आम्दानी वृद्धि र व्यवसायिक कृषिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.