CAMBRIDGE PUBLIC SCHOOL

माधवकुमारलाई भेट्न कोटेश्वर पुगे प्रचण्ड र ओली

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन्।

बिरामी नेपाललाई भेट्न मंगलबार प्रचण्ड र ओलीले नेपाल निवास कोटेश्वर पुगेका हुन्।

नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपालको साथ खोजेका छन्।

उनीहरुको साथमा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि साथमा रहेका छन्।

यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड  र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए।

Leave A Reply

Your email address will not be published.