बोहरा मेडिको सेन्टर

कैलाली–५ मा खर्च विवाद : आलेले पैसा खुवाए, मत पाएनन् !

dream cafe
learnar

धनगढी : कैलाली–५ मा प्रतिनिधिसभा चुनावमा पराजित भएका प्रेमबहादुर आले अहिले चुनावी खर्चकै कारण विवादमा तानिएका छन्।

करोडौँ खर्च गरेर मत किन्ने रणनीति बनाएका उनले अपेक्षित परिणाम भने पाएनन्। आलेले कांग्रेससहित विभिन्न दलका कार्यकर्ता र नेताहरुलाई पैसा बाँडेको दाबी गरिँदै आएको छ।

CNA

तर पैसा लिएर पनि मत नदिएको भन्दै उनी आक्रोशित बनेका छन्। कैलाली आसपास ‘अब पैसा उठाउन स्टल नै राख्छु’ भन्ने अभिव्यक्ति उनले दिइरहेको बताइन्छ।

GBL NEW

उनले कांग्रेसको मत आउने सुनिश्चित ठानेर चुनावमा होमिएको र त्यहीअनुसार खर्च गरेको बताएका छन्। साथै पैसा लिने नेता–कार्यकर्ताको नाम सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन्।

उता कांग्रेस उम्मेदवार नरनारायण शाह मनुले आफ्नै दलभित्र पैसाको चलखेल भएको आरोप लगाएका छन्। उनले ५७ जना कांग्रेस कार्यकर्ताले अन्य उम्मेदवारसँग पैसा लिएको सूची आफूसँग रहेको बताएका छन्, जसमा आलेसँग सम्बन्धित नामहरू समेत रहेको दाबी गरिएको छ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द विजयी भएका थिए। शाह दोस्रो हुँदा आले तेस्रो स्थानमा सीमित भए।

यसअघि पनि पटक–पटक विवादमा तानिएका आले पर्यटनमन्त्री हुँदा नेपाल वायुसेवा निगमका अध्यक्षलाई धम्की दिएको घटनाले चर्चामा आएका थिए।

कर्मचारीप्रति अपमानजनक व्यवहार र भ्रष्टाचारबारे विवादास्पद अभिव्यक्तिका कारण उनको छवि विवादित बन्दै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.