निर्वाचन सफल बनाउन खटिएका प्रहरी कर्मचारीलाई बाजुरामा पुरस्कार

dream cafe
learnar

बाजुरा : प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन योगदान पुर्‍याएको भन्दै पाँच जना प्रहरी निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले निर्वाचनका क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनीहरूलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरेको जनाएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

पुरस्कृत हुने प्रहरी निरीक्षकहरूमा इन्स्पेक्टर दिपक धामी, बिक्रम साह, लक्ष्मीराज जोशी, सिताराम विष्ट र मिनबहादुर धामी रहेका छन्। यस्तै अन्य सात जना प्रहरी कर्मचारीलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा खटिएका प्रहरी कर्मचारीहरूले आफूलाई दिइएको जिम्मेवारी पूर्ण रूपमा पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनीहरूले उच्च अनुशासनमा रही इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित ढंगले विभागीय आदेशको पालना गर्दै त्रुटिरहित रूपमा कार्यसम्पादन गरेको भन्दै उनीहरूको लगनशीलता र उत्कृष्ट कार्यको कदरस्वरूप पुरस्कार प्रदान गरिएको जनाइएको छ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद–१५ अन्तर्गत नियम १९७ को देहाय (ग) बमोजिम प्रदान गरिएको अधिकार प्रयोग गरी प्रोत्साहनस्वरूप अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको

Ddl dental
Leave A Reply

Your email address will not be published.