अत्तरियामा ‘न्यू महेश्वरी होटल एण्ड लज’ सञ्चालनमा, सुदूरपश्चिमी परिकारको स्वाद पाइने

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमलाई पूर्व–पश्चिमसँग जोड्ने प्रमुख व्यापारिक केन्द्र अत्तरियामा नयाँ सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा ‘न्यू महेश्वरी होटल एण्ड लज’ औपचारिक रूपमा सञ्चालनमा आएको हो।

Amargadhi Education

अत्तरिया चोकबाट उत्तरतर्फ दुर्गालक्ष्मी माध्यमिक विद्यालय नजिकै रहेको होटलमा नर्मलदेखि डिलक्ससम्मका आरामदायी कोठासहित आधुनिक रेस्टुरेन्टको व्यवस्था गरिएको छ।

युवा व्यवसायी सुरेन्द्र बुढाऐर र आशिष बोहराको संयुक्त लगानीमा सञ्चालनमा आएको होटलले विशेषगरी सुदूरपश्चिमका मौलिक परिकार तथा पछिल्लो समय लोकप्रिय बनेको लोकल कुखुराका विभिन्न परिकार केजीका दरमा उपलब्ध गराउने जनाएको छ।

अजयमेरु फाैजी केरा

होटलका सञ्चालक आशिष बोहराका अनुसार अत्तरिया बसपार्कको ठीक अगाडि, अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग खण्ड नजिकै होटल स्थापना गरिएको हो।

शनिबार एक कार्यक्रमका बीच होटलको औपचारिक उद्घाटन गरिएको उनले जानकारी दिए।

उनले होटलले पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्ने बताए। पर्याप्त गाडी पार्किङको सुविधा रहेको होटलमा सामान्य कोठाको शुल्क करिब एक हजार रुपैयाँदेखि सुरु भई डिलक्स कोठाको दैनिक शुल्क दुई हजार पाँच सय रुपैयाँसम्म रहेको छ।

चिसो तथा गर्मी मौसममा आरामदायी वातावरणका लागि कोठा र रेस्टुरेन्ट दुवैमा एसी सुविधा समेत राखिएको छ।

सुदूरपश्चिमका सात पहाडी जिल्लासँग जोडिएको मुख्य व्यापारिक केन्द्र अत्तरियाबाट उचित मूल्यमा व्यवस्थित बसोबास र स्वादिलो भोजन सेवा प्रदान गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.