सुदूरपश्चिमका मुख्यमन्त्री शाहले घुस मागेको आरोप लगाउने बरिस्ठ वन अधिकृत पक्राउ

learnar

धनगढी :  वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत भट्ट पक्राउ परेका हुन् ।

भट्टलाई मन्त्रालय परिसरभित्रैबाट पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

Ird

`सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय प्रयाज्ञ खनालले विद्युतीय अपराधमा जाहेरी दिएपछि भट्टलाई पक्राउ गरिएको हो,´ तिमिल्सिनाले भने ।

भट्टले आफूसँग मुख्यमन्त्री शाहले ५ लाख घुस मागेको आरोप लगाएका थिए ।

Ghatal Sta

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट ३० साउनमा भट्टको पहलमानपुर सरुवा भएको थियो ।

ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो ।

भट्टले ५ लाख रुपैयाँ नदिएपछि मुख्यमन्त्रीले आफूखुसी सरुवा गरेको आरोप लगाएका थिए ।

घुस मागेको आरोपपछि मुख्यमन्त्री शाहले आफूले घुस नमागेको बताउँदै भट्टले लगाएको आरोपमाथि छानबिन गरिदिन आग्रह गरेका छन् ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.