सुदूरपश्चिममा प्रहरीकै प्रयोगमा चोरीका बाइक, डीआईजीले दिए यस्तो निर्देशन

dream cafe
learnar

धनगढी : प्रहरीले नै चोरीका सवारीसाधन प्रयोग गरेको विषय सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रशासन सक्रिय बनेको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई तत्काल निर्देशन जारी गर्दै प्रहरी कर्मचारीले प्रयोग गर्ने सवारीसाधनको विवरण संकलन गर्न आदेश दिएको हो।

Ird

सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एक हवलदार र दुई सहायक हवलदारले चोरीका मोटरसाइकल प्रयोग गर्दै आएको तथ्य सार्वजनिक भएको थियो।

समाचार बाहिरिएलगत्तै प्रदेश प्रहरी कार्यालयले मातहतका ९ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै सबै प्रहरी कर्मचारीले प्रयोग गरिरहेका सवारीसाधनको विवरण तत्काल पठाउन निर्देशन दिएको हो।

HARDIK AGRo NEw

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाको निर्देशनमा यस्तो कदम चालिएको हो।

निर्देशनमा कुनै पनि प्रहरी कर्मचारीले चोरीका सवारीसाधन प्रयोग गरेको पाइए प्रहरी नियमावलीअनुसार कडा कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार डीआईजीको निर्देशनअनुसार सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइसकिएको छ।

उनका अनुसार मातहतका सबै युनिटहरूलाई पनि पत्राचार गरेर प्रहरी कर्मचारीले प्रयोग गर्ने सवारीसाधनको विवरण माग गरिएको छ।

प्रहरीभित्रैबाट चोरीका सवारीसाधन प्रयोग भएको विषय बाहिरिएपछि प्रदेश प्रहरीको आन्तरिक अनुशासन र निगरानी प्रणालीमाथि समेत प्रश्न उठेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.