डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा युवकको ज्यान गयो

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।

मंगलबार साँझ परशुराम नगरपालिका-२ बसौटीस्थित जानकी बोहराको घरमा बन्दुक समातेर फोटो खिच्ने क्रममा १७ वर्षीय सुबास महराको मृत्यु भएको हो।

Amargadhi Education

बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकीको घर परशुराम नगरपालिका आएका थिए।

सोही क्रममा घरमा रहेको भरुवा बन्दुक समातेर फोटो खिच्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको बताइएको छ।

अजयमेरु फाैजी केरा

बन्दुक पड्किँदा गम्भीर घाइते भएका महरालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो।

तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

घटनापछि प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका-२ बसौटीका गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका-४ का १७ वर्षीय एक किशोर रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.