सूचनाको आधारमा बनेको विश्वासको दुई वर्षे यात्रा

dream cafe
learnar

व्यावसायिक पत्रकारितामा दुई वर्षको अनुभव र सफलताको आधारमा सुल्पा मिडिया प्रालिद्धारा सञ्चालित ‘सिमाना न्युज डटकम’ आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा हामी हाम्रा समस्त पाठक, दर्शक र शुभचिन्तकसँग खुसी साट्न चाहन्छौँ।

Ird

सिमाना न्युज डटकमको दोस्रो वर्षगाँठ केवल उत्सव होइन, विश्वास, प्रतिबद्धता र निरन्तर प्रयासको उत्सव हो।

अनलाइन पत्रिकाको स्थापनादेखि आजसम्म हामीले सूचना प्रवाह मात्र गरेका छैनौं, समाजका विविध आवाजहरूलाई एउटै मञ्चमा जोड्ने काम पनि निरन्तर गर्दै आएका छौँ।

डिजिटल युगमा सूचना तीव्र गतिमा फैलिन्छ। तर सत्य, तथ्य र जिम्मेवार पत्रकारिता अझ महत्वपूर्ण बन्छ।

हाम्रो मूल उद्देश्य सधैं स्पष्ट छ, सत्यलाई उजागर गर्नु, जनचासोका विषयमा संवेदनशील रहनु र निष्पक्षता र विश्वसनीयतालाई केन्द्रमा राख्नु।

यो दुई वर्षको यात्रामा आर्थिक दबाब, समाचारको प्रभाव पश्चात केही व्यक्ति वा तत्वबाट मानसिक यातना र धम्की, समाचारको विश्वसनीयता सुनिश्चित गर्ने चुनौती, मानसिक दवाव र बदलिँदो पाठक अपेक्षासहित अनेक चुनौती सामना गर्नु परेको छ।

तर, यो सबैले हामीलाई अझ सबल, सिर्जनशील र जिम्मेवार बनाएको छ। स्थानीय सरोकार, सामाजिक उत्तरदायित्व र जनहितलाई प्राथमिकतामा राख्दै हामीले समाचार प्रवाह गरेका छौँ।

समाजका आवाजलाई स्थान दिने, भ्रष्टाचार विरुद्ध कलम चलाउने, जनचासोका विषयलाई प्राथमिकता दिने, सुशासन प्रवद्र्धनका विषयमा अग्रसर देखिने, सरकारी तथा नीजि क्षेत्रका असल अभ्यासलाई स्थान दिने, विकासे कार्यक्रमको बारेमा जानकार भई विकासको गतिलाई ब्रेक लाग्न नदिन सकारात्मक समाचार पस्किने तथा खबरदारी गर्ने, सरकारी क्षेत्रबाट भएका राम्रा र सुधार गर्नुपर्ने क्षेत्र तथा विषयमा समाचारको माध्यमबाट सुसूचित गर्ने, छिटो र प्रमाणित समाचार प्रवाह गर्ने, सरकार र जनताको बिचमा पुलको भूमिकामा रहेर हातेमालो गर्ने लगायतका विषयमा हामी प्रतिवद्ध छौं।

HARDIK AGRo NEw

हाम्रो सफलताको आधार पाठक, विज्ञापनदाता, सहयोगी र शुभेच्छुकहरूको विश्वास हो। तपाईंहरूको सुझाव, आलोचना र साथले हामीलाई अझ जिम्मेवार र भरोसायोग्य बनाएको छ।

आगामी दिनहरूमा पनि हामी सत्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वप्रति अडिग रहनेछौं। लोकतन्त्र, पारदर्शिता र जनअधिकारको पक्षमा सशक्त आवाज बन्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।

दोस्रो वर्ष पूरा भएको यस अवसरमा हामी सम्पूर्ण पाठक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै, अझ प्रभावकारी, उत्तरदायी र विश्वासिलो समाचार माध्यमका रूपमा अघि बढ्ने वाचा गर्दछौं।

तपाईंको साथ, सुझाव र भरोसाले नै हामीलाई सुधार र जिम्मेवार पत्रकारीतातर्फ अघि बढ्न प्रेरित गर्दै आएको छ।

अन्तमाः यो डिजिटल युगसँगै हामी हातेमालो गर्न चाहन्छौं। सिमाना न्युज डटकमको दोस्रो वर्षगाँठको अवसरमा हामी छिट्टै अडियो, भिडियो मार्फत समाचार प्रसारण गर्ने वाचा गर्दछौ।

आगामी दिनमा जनपक्षीय पत्रकारितालाई प्राथमिकता दिँदै, सत्य र न्यायको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दछौैं। सूचना प्रवाह मात्र होइन, सामाजिक रूपान्तरणको सहयात्री बन्ने हाम्रो लक्ष्य अझ स्पष्ट र दृढ छ।

दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हामी सबैप्रति हृदयदेखि नै कृतज्ञता प्रकट गर्दछौँ । साथै, यो सहकार्यले निरन्तरता पाइरने अपेक्षा पनि गरेका छौँ।

यसका साथै, हामी रचनात्मक आलोचनाको पनि स्वागत गर्दछौँ, जसले सिमाना न्युज डटकमको गुणस्तरीयतामा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।

फेरि पनि हामीप्रति सद्भाव, शुभेच्छा प्रकट गर्नुहुने तपाईं सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। धन्यवाद !

हिक्मतबहादुर सिंह/अध्यक्ष
सुल्पा मिडिया प्रालि

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.