बोहरा मेडिको सेन्टर

आगो सल्केर अछामका एक शिशु गम्भीर, सुर्खेतमा उपचार हुँदै

dream cafe
learnar

अछाम: अछाममा घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन्।

पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन्।

CNA
GBL NEW

घाइते गणेशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

शिशुको बायाँतिरको शरीर जलेको बताइएको छ। आइतवार बेलुकी करिब ७ बजेर १५ मिनेटतिर घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आमा बिन्द्रा घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको अछाम प्रहरीको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.