घरदैलोबाट उत्साहित एमालेका चक्र स्नेही, डडेल्धुराबाट चुनाव जित्नेमा विश्वस्त

dream cafe
learnar

डडेल्धुरा: नेकपा एमाले डडेल्धुराको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार चक्रप्रसाद स्नेहीले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

चुनावी अभियानअन्तर्गत परशुराम नगरपालिकामा घरदैलो कार्यक्रममा व्यस्त रहेका स्नेहीले डडेल्धुरा जिल्लाबाट एमालेको जित सुनिश्चित रहेको बताए।

GBL NEW

उनले आफू एमालेभित्र प्रिय र इमानदार नेता भएको दाबी गर्दै राष्ट्रियसभा सदस्यको रूपमा रहँदा जिल्लाका विकास र जनजीवनसँग जोडिएका समस्याहरू संसदमा प्रभावकारी रूपमा उठान गरेको स्मरण गराए।

स्नेहीले डडेल्धुराका दुर्गम बस्तीहरूमा औषधि (सिटामोल) को अभावदेखि लिएर विकास निर्माणसँग सम्बन्धित विषयहरू राष्ट्रिय स्तरमा उठान गरेको उल्लेख गर्दै भने, ‘२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार बन्न चाहेको थिएँ, तर विविध कारणले सम्भव भएन। यसपटक भने जनताले एमाले पार्टीलाई मुख्य रोजाइ बनाएर मलाई मत दिनेमा विश्वस्त छु।’

एमाले देश बनाउने पार्टी भएको उल्लेख गर्दै उनले पार्टीभित्र एकता मजबुत रहेको र ‘सिङ्गोपाटी एकमन’ को भावना साथ अघि बढेको बताए।

यस्तै, नेकपा एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाहीले एमाले जनताको पार्टी भएकाले जनताको माया र सद्भाव निरन्तर बढ्दै गएको दाबी गरे।

परशुराम नगरपालिकाको सादनीगाउँमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै शाहीले एमालेप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको बताए।

उनले गत निर्वाचनमा एमालेले ९ हजारभन्दा बढी समानुपातिक मत प्राप्त गरेको स्मरण गराउँदै यसपटक उक्त मत संख्या दोब्बरले बढ्ने दाबी गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.