बैतडीको मेलौली सबडिभिजन वन कार्यालयमा भुत आतंक !

dream cafe
learnar

बैतडी : बैतडीको एक सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै कर्मचारी घरभाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छन्।

जिल्लाको मेलौली नगरपालिका–६ को जेवलासैनीस्थित सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै यहाँका कर्मचारी मेलौली नगरपालिका–१, हरिपुर बजारमा घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन्।

GBL NEW

घरभाडामा लिएर घरको मासिक आठ हजार रुपियाँ भाडा तिर्ने गरिएको छ। आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दा कहिलेकाहीँ एक्लै बस्नु पर्ने भएकाले भूतको डरले बस्न नसकिएको कर्मचारीले बताएका छन् ।

भूतले तर्साउँछ भन्ने सुनेका कारण भाडाको घरमा बस्दै आएको सबडिभिजन वन कार्यालय मेलौलीका वन रक्षक प्रशान्त ओझाले बताए। दरबन्दी अनुसार कर्मचारी भइदिए आफ्नै भवनमा राति आगो बालेर भए पनि बस्न सकिने वन रक्षक ओझाले बताए।

आफ्नै भवनमा वनका कर्मचारी नबस्नुको कारण सोधपुछ गर्दा भूतकै कुरा आउने गरेको मेलौलीका स्थानीय चिन्तामणि भट्टले बताए।

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवले आफूलाईसमेत भूतले तर्साएको भन्दै सरकारी भवन छाडेर भाडामा कार्यालय सञ्चालन भएको बताए।

मेलौलीमा मात्रै होइन, बैतडीमा रहेको डिभिजन वनमै राति भूतले तर्साउने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘राति १२ देखि १ बजेको समयमा मानिस हिँडेको जस्तो आवाज आएपछि ढोका बज्ने र उठेर बाहिर हेर्दा केही नदेखिने हुन्छ।’

बडिभिजन वन कार्यालयले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका हेर्ने गरेको छ। गोरखापत्र

Ddl dental
Leave A Reply

Your email address will not be published.