बोहरा मेडिको सेन्टर

डडेल्धुरामा निर्वाचन प्रहरीहरूको सम्पर्क मिति परिवर्तन

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा निर्वाचन प्रहरीहरूको सम्पर्क मिति परिवर्तन भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले छनोट भई उत्तीर्ण भएका निर्वाचन प्रहरीहरूको सम्पर्क मिति परिवर्तन भएको हो।

यसअघि माघ १४ गते (भोलि) तोकिएको सम्पर्क मिति संशोधन गरी नयाँ मिति तय गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको निर्वाचन सेलले जनाएको छ। नयाँ सम्पर्क मिति माघ १७ गते बिहान १० बजे तोकिएको छ।

CNA
GBL NEW

सो दिन निर्वाचन प्रहरीहरूले अमरगढी नगरपालिका–४, टुँडिखेल मैदानमा उपस्थित हुनुपर्नेछ। साथै निर्वाचन सुरक्षामा खटिने जनशक्तिलाई आवश्यक तालिम प्रदान गर्न प्रशिक्षण कार्यक्रम १८ गतेदेखि सुरु हुने जानकारी दिइएको छ।

निर्वाचन सेलका अनुसार उत्तीर्ण भएका सम्पूर्ण निर्वाचन प्रहरीहरूलाई तोकिएको नयाँ मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सूचना जारी गर्दै निर्वाचन तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन समयमै सम्पर्कमा आउन सम्पूर्ण उत्तीर्ण निर्वाचन प्रहरीहरूलाई आग्रह गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.