क्यान्सर पीडित विपन्नको सहयोगार्थ मध्य पहाडी लोकमार्ग साइकल यात्रा

dream cafe
learnar

डडेल्धुरा : मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियानको टोली डडेल्धुरामा आइपुगेको छ।

अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ बाट पाँचथरको चिवाभञ्ज्याङबाट शुरु गरेको टोलीको यात्रा आइतबार आइपुगेको हो।

Amargadhi Education

 

आइतबार डडेल्धुरा पुगेको टोलीले सोमबार माउन्टेन माध्यमिक विद्यालय बागबजारमा विद्यार्थीसँग पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषय माथि जनचेतना कार्यक्रम गरेको थियो।

अजयमेरु फाैजी केरा

यात्रा अवधिभरि विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषय माथि जनचेतना कार्यक्रम समेत टोलीले चलाइरहेको प्रा डा सुमन राज ताम्राकारले बताए।

धुलिखेल अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावित विपन्न नागरिकको लागि कोष संकलन गर्ने उद्देश्य सहित यो टोली पाँचथरको चिवाभञ्ज्याङदेखी बैतडीको झुलाघाटसम्म साइकल यात्रामा निस्किएको हो।

मध्यपहाडी लोकमार्गको १८ सय किलोमिटर यात्रा गर्न टोलीले एक महिना तय गरेको छ।

क्यान्सर विजेता एवं लिड राइडर हर्क लामाको अगुवाइमा अर्को क्यान्सर विजेता एवं लिड राइडर कविता चित्रकारसहित ८ जना साइक्लिस्ट अगुवासहित टोली १४ जनाको रहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.