बोहरा मेडिको सेन्टर

सुदूरपश्चिममा बालेनको इन्ट्री, नेपालगञ्जमा देखियो जनसागर

dream cafe
learnar

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम प्रवेश गरेका छन्।

झापासहित पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी प्रचार अभियान सकेर बालेन सुदूरपश्चिम ओर्लिएका हुन्।

CNA

सोमबार बाँकेको नेपालगञ्ज पुगेका बालेनलाई रास्वपाका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

GBL NEW

नेपालगञ्ज विमानस्थलदेखि शहर क्षेत्रसम्म बालेनलाई हेर्न र स्वागत गर्न ठूलो भीड देखिएको थियो। बालेनको आगमनसँगै नेपालगञ्जमा चुनावी माहोल थप तातेको छ।

यसअघि माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका बालेन त्यसपछि झापा पुगेका थिए।

आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट प्रतिस्पर्धा गरिरहेका बालेन पूर्वी नेपालका विभिन्न जिल्लामा पुग्दा उल्लेख्य जनसमर्थन र क्रेज देखिएको थियो।

रास्वपाले बालेनको सुदूरपश्चिम भ्रमणले पार्टीको संगठन विस्तार र चुनावी अभियानलाई थप बल पुग्ने अपेक्षा गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.