डडेल्धुरामा स्वतन्त्र उम्मेदवारलाई तिलहरीदेखि सुईसम्म चुनाव चिन्ह

dream cafe
learnar

डडेल्धुरा: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका डडेल्धुराका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिएको छ।

राजनीतिक दलका उम्मेदवारले आफ्नै दलको चुनाव चिह्न प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारलाई उनीहरूले रोजेको चिह्न दिइएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

डडेल्धुरामा तीन जना स्वतन्त्र उम्मेदवारी छन्। स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर (गौरव) ले सुई, तीर्थराज उप्रेतीले तिलहरी र सुरेन्द्र रावलले आँप चुनाव चिह्न पाएका छन्।

जिल्लामा तीन स्वतन्त्रसहित १३ जना उम्मेदवारी छन्। नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेही, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायत चुनावी मैदानमा छन्।

यस्तै, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.