बोहरा मेडिको सेन्टर

डडेल्धुराले आफ्नै नेता खोज्दै, सागर ढकालमाथि प्रश्ननै प्रश्न

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेसँगै जिल्लामा असन्तुष्टि बढ्न थालेको छ।

रास्वपाको जिल्ला कमिटीका केही पदाधिकारी तथा स्थानीय कार्यकर्ताले ढकालको उम्मेदवारीलाई लिएर आपत्ति जनाएका छन्।

CNA

उनीहरूले डडेल्धुराको भूगोल, सामाजिक संरचना र स्थानीय मुद्दा बुझेको डडेल्धुराकै उम्मेदवार अघि सारिनुपर्ने बताइरहेका छन्।

रास्वपा डडेल्धुराका सचिव यादव ओझाले डडेल्धुरामा रास्वपाको उम्मेदवार बारे आम जनतामा ब्यापक चासो देखिएकोले पार्टीले सुझबुझ उपयुक्त निर्णय लिन जरुरी रहेको बताए।

रास्वपाका पूर्व जिल्ला सचिव राजेन्द्र ऐरले सागर डडेल्धुराको लगि उपयुक्त उम्मेदवार नभएको बताए।

‘सागर न त भूगोलसँग परिचित छन् न त हाम्रो संस्कृती न त इतिहाससँग नै । उनी भन्छन्, एउटा कार्यक्रमबाट उत्पन्न इगो शान्त पार्न देउवाबिरुद्ध डडेल्धुरा छिरेको मात्रै हुन् अन्य कुनै उद्देश्य छैन्।’

बाहिरबाट आएका उम्मेदवारभन्दा जिल्लामै राजनीतिक संघर्ष गरेका, जनतासँग प्रत्यक्ष सम्बन्ध बनाएका व्यक्तिलाई उम्मेदवार बनाइनुपर्ने पक्षमा उनी देखिएका छन्।

रास्वपा अजयमेरु गाउँपालिका सभापति डीआर जोशी सागर ढकालले राजनीति गर्ने नै हो भने डडेल्धुराका जनताको परिवर्तनशिल सोचलाई सम्मान गर्दै आफ्नै गृहजिल्लाबाट गनुपर्नेमा जोड दिन्छन।

उनी भन्छन्, ‘डडेल्धुराको माटो र डडेल्धुराले जन्माउने उम्मेदवार त्यति कमजोर छैनन्। ताकि उम्मेदवार बाहिरबाट ल्याउनु परोस्।’

यता पार्टीभित्रैबाट ढकालको उम्मेदवारीलाई लिएर औपचारिक निर्णय नभइसकेको जनाइएको छ। रास्वपाका जिल्ला नेताहरूले केन्द्रले स्थानीय भावना बुझेर निर्णय गर्नुपर्ने धारणा राख्दै आएका छन्।

‘No Sagar’ अभियान व्यापक
सागर ढकालले डडेल्धुराबाट चुनाव लड्ने बताइरहँदा उनलाई उम्मेदवारका रूपमा अस्वीकार गर्ने अभियान जिल्लामा तीव्र बन्दै गएको छ। सामाजिक सञ्जाल र स्थानीय राजनीतिक वृत्तमा ‘No Sagar’ अभियान व्यापक बन्दै आएको छ, जसले डडेल्धुराको राजनीति तातिएको छ।

स्थानीय नेताहरू, कार्यकर्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले सागर ढकाल डडेल्धुराको माटो, भूगोल र भाषासँग नजोडिएको दाबी गर्दै उनको उम्मेदवारी स्वीकार्य नहुने बताएका छन्। डडेल्धुराको प्रतिनिधित्व स्थानीय परिवेश, समस्या र जनभावनालाई नजिकबाट बुझेको व्यक्तिले गर्नुपर्ने उनीहरूको धारणा छ।

GBL NEW

सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका पोस्टहरूमा ‘डडेल्धुरामा ‘भेडा’ बस्दैनन्, हामी नेता हाम्रो माटो, भूगोल र भाषा बुझेको चहान्छौं,’ भन्ने सन्देशसहित ढकालको उम्मेदवारीको विरोध गरिएको छ। फेसबुकलगायत प्लेटफर्ममा ‘No_Sagar #our_leader’ जस्ता ह्यासट्याग प्रयोग गर्दै अभियान फैलिँदै गएको देखिन्छ।

स्थानीय नेताहरूले बाहिरबाट आएर डडेल्धुराको राजनीति गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन्। घोषणामात्र गरेर उम्मेदवार बन्नेभन्दा पनि जिल्लासँगको दीर्घ सम्बन्ध र योगदान महत्वपूर्ण हुने तर्क उनीहरूको छ।

अमेरिकाबाट परिचालित
ढकालमाथि यतिबेला एउटा गम्भीर आरोप लागेको छ। त्यो हो–अमेरिकाबाट परिचालित भएको आरोप। उनी अमेरिकी संस्थामा आबद्ध भएको तथ्य पनि सार्वजनिक भएको छ।

अमेरिकी दूतावासको युथ काउन्सिल नेपालले सन् २०१६ मा आफ्नो आधिकारिक फेसबुक पेजमा उनको तस्बिरसहितको एउटा पोष्ट गर्दै ढकाल संस्थाको सदस्य भएको जनाएको थियो।

जुन पोष्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। पोष्टमा लेखिएअनुसार उनी सन् २०१५ देखि संस्थामा आबद्ध छन्। देश बनाउँछु भन्नेहरु सबै अमेरिकाबाट परिचालित भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता शिव फुयाँलले विरोध जनाएका छन्। उनले लेखेका छन्,‘झोलेहरुका लागि देश बनाउँछु भन्नेहरु सबै अमेरिकाबाट परिचालित।’

ढकाललगायत सबै अमेरिकी दास भएको राजु तोलाङ्गीको आरोप छ। ‘यिनीहरु सबै अमेरिकी दास हुन्। जब देश नै भड्खालोमा जान्छ अनि खान्छन्, यिनका भेडाहरु’,उनले भनेका छन्। पुष्पराज जोशीले जुन जोगी आएपनि कानै चिरेको भन्दै गुनासो पोखेका छन्। लेख्छन्,‘जुन जोगी आए पनि कानै चिरेको भनेको यही हो।’

जोशी र अवस्थी आकांक्षी

रास्वपा डडेल्धुरामा अन्य दुई आकांक्षीमा डा.तारा जोशी र इन्जिनियर सुरेन्द्र अवस्थी रहेका छन्।

जोशी सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् भने अवस्थी रास्वपा डडेल्धुरा सभापति।

जोशीले गत प्रदेश सभा निर्वाचनमा  स्वतन्त्र उम्मेदवारी दिइ काँग्रेसका बहालवाला मन्त्री हराएका थिए।

त्यसैले देउवा बिरुद्ध उनी बलियो उम्मेदवारका रुपमा लिइएको छ। उनको पकट गाउँसम्म छ।

र, यो पनि : 

सागर डडेल्धुरामा जबरजस्ती उम्मेदवार हुँदैन, पार्टी छोडेर स्वतन्त्र लड्ने अप्सन छ : सभापति अवस्थी 

Ddl dental
Leave A Reply

Your email address will not be published.